
सालापोखरी,भोजपुर – भोजपुर खोटाङग्मा अवस्थित साल्पापोखरीको रमणीय वातावरणमा पर्यटक र भक्तजनको भीड लागेको छ। साल्पापोखरी एक धार्मिक स्थलको रूपमा प्रसिद्ध छ जहाँ तीर्थयात्रीहरू आफूलाई इच्छापूर्ति हुने विश्वास राख्दै पोखरीमा डुबुल्की मार्छन् र पूजा-अर्चना गर्छन्।
साल्पापोखरीमा यात्रा गर्ने भक्तजनहरूले यहाँको पवित्रता र विशेष धार्मिक मान्यता मान्दछन्। यो स्थानमा आउने मानिसहरू आफ्नो पाप प्रक्षालनको आशामा यहाँको पवित्र जलमा स्नान गर्छन्। किरात समुदायका अनुसार, पोखरीमा भगवान बस्दछन् र यहाँ पूजा गर्दा ज्ञान प्राप्त हुने विश्वास गरिन्छ।
साल्पापोखरीमा पूजा गर्दा बोल्न नसक्ने बच्चाहरूले कुरा गर्न सक्षम हुने र गर्भाधानको समस्या भोगिरहेका दम्पतिहरूलाई संतान सुख प्राप्त हुने विश्वास गरिएको छ। यस धार्मिक मान्यताले यहाँ आउने भक्तजनको संख्या बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे