
काठमाडौँ – सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुई पटक सूचना प्रकाशित भए पनि अहिलेसम्म कुनै उम्मेदवारको आवेदन परेको छैन।
उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ देखि ३० गतेसम्म आवेदन खुला गरेको थियो। समय थप गर्दै मङ्सिर ५ गतेसम्म आवेदन खुला गरिएको भए पनि सो अवधिमा कुनै निवेदन प्राप्त हुन सकेको छैन।
यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक आह्वान गर्दै भने, “उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि आवेदन परेन। मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक वा विद्यावारिधि भई काम गरेको देशभक्त सन्तानले निवेदन दिनुहोस्, वा मलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ।”
सङ्घीय संसदबाट पारित ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे