
काठमाडौं। साफ यु–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुने भएको छ। यस प्रतियोगितामा दक्षिण एसियाका ७ देशका युवा टोली सहभागी हुनेछन्। उद्घाटन खेलमा भारत र बंगलादेश आमने-सामने हुनेछन्, जुन नेपाली समयअनुसार साँझ पौने ६ बजे शुरु हुनेछ।
भारत गत संस्करणको उपाधि विजेता टोली रहेको छ। नेपालले आफ्नो पहिलो खेल शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोली बुधवार भुटान पुगेको र अभ्यास थालेको जनाएको छ।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाल उपाधि जित्नका लागि भुटान आएको बताएका छन्। उनले काठमाडौंमा पनि राम्रो अभ्यास भएको बताउँदै भुटानको मौसम नेपाली टोलीलाई खेल्न सहज हुने विश्वास व्यक्त गरे।
उनले सबै खेलाडी फिट रहेको जानकारी दिँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट चयन गर्ने योजना बनाइएको उल्लेख गरे। २०२२ को साफ यु–१७ च्याम्पियनसिपमा उप विजेता बनेको नेपालले यस पटक उपाधि जित्ने लक्ष्य राखेको छ। नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजे चाङ्लिमिथिाङ रंगशालामा हुने तय भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे