
एजेन्सी । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीयमा शान्ति वार्ता हुदैछ । युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने पक्का भएको छ। टर्कीको मध्यस्थतामा हुने भनिएको वार्तामा युक्रेनले अपेक्षा गरेअनुसार पुटिनको उपस्थिति रहने सम्भावना नरहेको रूसी अधिकारीहरूले पुष्टि गरेका छन्।
रूसका तर्फबाट उच्चस्तरीय कूटनीतिक प्रतिनिधिमण्डल मात्र वार्तामा सहभागी हुने जनाइएको छ। पुटिनले युक्रेनसँग वार्ता गर्न इच्छुक भए पनि हालको अवस्थामा प्रत्यक्ष वार्तामा सहभागी हुनु उपयुक्त नदेखिएको स्रोतहरूले बताएका छन्।
टर्कीले युद्धको समाधानका लागि दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउने प्रयास जारी राखेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने वार्तामा पुटिनको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै आएका छन्।
शान्ति वार्ताको उद्देश्य युद्ध अन्त्य गर्ने, मानवीय सहायता पुर्याउने र युद्धपछिको पुनर्निर्माणका विषयमा सहमति जुटाउने हो। पुटिनको अनुपस्थितिले वार्तामा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। टर्कीले भने वार्ता सफल बनाउन सक्दो प्रयास गरिरहेको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे