
काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डनाल्ड ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार दिने घोषणा गरेपछि रूसले युक्रेनमा ठूलो हवाई आक्रमण गरेको छ। रूसी सेनाले बिहीबार ७१८ वटा ड्रोन र १३ वटा क्रुज मिसाइल युक्रेनी लक्ष्यमा हानेको छ। यसले युक्रेनको बिजुली संयन्त्र, सैनिक ठाउँ र आवासीय क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ।
युक्रेनी वायुसेनाले धेरै ड्रोन र मिसाइल नष्ट गरे पनि केही लक्ष्यमा पुगेर विस्फोट भएको छ। यो आक्रमण ट्रम्पले युक्रेनलाई थप सैनिक सहयोग दिने घोषणा गरेको केही घण्टापछि भएको हो। रूसले यसलाई “पश्चिमी हस्तक्षेप” भन्दै आफ्नो जवाफी कारबाई बताएको छ।
युक्रेनका राष्ट्रपति भलोडिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रूसी आक्रमण विरुद्ध ठोस कारबाई गर्न आग्रह गरेका छन्। उनले भने, “रूसले आम नागरिकलाई निशाना बनाउँदै छ। यसलाई रोक्नुपर्छ।” अमेरिका र नेटोले रूसलाई दोषी ठहर गर्दै युक्रेनलाई थप सहयोग दिने प्रतिबद्धता दोहोर्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे