
काठमाडौँ, माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवारी दर्ता गराएको छ ।शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । रानालाई सत्ता साझेदार दलहरूको समर्थन रहेको छ ।
उपसभामुखको उम्मेदवारी दर्ताका क्रममा रास्वपाकी सांसद सोबिता गौतम प्रस्तावक हुन् भने नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे