
काठमाडौँ, २७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय सचिवालय बैठक आयोजना हुने जानकारी प्राप्त भएको छ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधिहरू र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ। कार्यवाहक प्रवक्ता मनिष झाले यस विषयमा जानकारी दिएका छन्। साथै, पार्टीको आगामी अधिवेशनको बारेमा पनि छलफल हुने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे