
काठमाडौँ, कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले दोस्रो चरणको आन्दोलन घोषणाको मिति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलन गर्ने भने पनि विशेष कारणबस स्थिगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ ।
यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो । उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वपाको ठम्याइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे