
काठमाडौँ २२ माघ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपा सभापति रवि लामिछाने र पार्टीलाई समेत गृहमन्त्रालय नदिने अडान राखेपछि सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको होयसअघिको बैठकले सरकारलाई सरकारमा रहनका लागि रास्वपाले २ दिनको समय दिएको थियो ।
पार्टीका मन्त्रीले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने सभापति लामिछानेले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे