
काठमाडौँ, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनतमत पार्टीका उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ ।जनमत पार्टी नयाँ दल र महिला उम्मेदवार पनि भएकाले रास्वपाले उपराष्ट्रपतिमा झालाई भोट हाल्ने निर्णय गरेको हो ।
निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् ।
निर्वाचन बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे