
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार दिउँसो १ बजे चःमतिमा बस्दैछ। प्रवक्ता मनिष झाका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था, कुलिङ अफ पिरियड छानबिन प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा सांसदहरूको भूमिका, र रूपन्देही–३ उपनिर्वाचनसम्बन्धी तयारीबारे छलफल हुनेछ।
रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ, जसका लागि रास्वपाले ९ उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ। शुक्रबार र शनिबार ती नामहरूमाथि दाबी–विरोधको प्रक्रिया सञ्चालन हुनेछ। बैठकमा विधान संशोधन प्रस्ताव पनि छलफलको एजेन्डामा रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे