
काठमाडौं, मङ्सिर १७ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले जित हात पारेको छ । काठमाडौं महानगरपालिका १६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले जितेको छ । रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन् ।
श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत पाए भने एमालेका लक्ष्मीरत्न तुलाधरले एक हजार २१८ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरि एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ र अर्का स्वतन्त्र सम शाक्यले १८५ मत ल्याएको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे