
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू खुसी उम्मेदवारी घोषणा नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले निर्देशन दिएको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको भन्दै रास्वपाले विज्ञप्ति नै जारी गरेर आफूखुसी अभिव्यक्ति नदिन आग्रह गरेको हो ।
विज्ञप्ति भनिएको छ पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको पत्रमा स्मरण गराइएको छ । सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्रै औपचारिक रूपमा उम्मेदवार चयन भएको छ । रास्वपाले पार्टीको आधिकारिक निर्णय भइ नसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सबैलाई अपिल गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे