
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति स्वर्णिम वाग्लेले गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। यस क्षेत्रमा रास्वपाले आफ्ना महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट चुनाव लडेका थिए, तर तत्कालीन निर्वाचनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए।
वाग्लेले सामाजिक सञ्जालमार्फत लेख्दै डा। भट्टराईले नै नयाँ र वैकल्पिक राजनीतिक शक्तिको अवधारणा अघि सारेको स्मरण गराएका छन्। पुराना दलहरूले ल्याएका उपलब्धि जोगाउँदै अब देशको आर्थिक समृद्धि नयाँ दलबाट सम्भव हुने उनको भनाइ छ। रास्वपाको उदयमा डा। भट्टराईको विचारले भूमिका खेलेको भन्दै उनले सम्मान व्यक्त गरेका छन्।
उनले डा। भट्टराईले उम्मेदवारी फिर्ता लिएर रास्वपालाई मार्गदर्शन र सहयोग गरे देशका लागि सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे