
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको सभालाई स्थगित गरेको छ। शनिबार भैरहवा र आइतबार पोखरामा गर्ने तयारी भएको सभा अब पछि सारिएको हो।
पार्टीको सहप्रवक्ता प्रतिभा रावलका अनुसार कार्यक्रम स्थगित हुनुको विशेष कारणहरू छन्। उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले सम्बोधन गर्ने तय भएको थियो।
२०८२ फागुन १० गते कास्कीको पोखरामा परिवर्तन उद्घोष सभा गर्ने योजना रहेकोमा संगठनको प्राथमिकता र रणनीतिक व्यवस्थापनका कारण सभालाई हालका लागि स्थगित गर्नुपर्ने निर्णय गरिएको छ। यो जानकारी पार्टीका उपसभापति डोल प्रसाद अर्याल द्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे