
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रवक्ता झाका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे