
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज आइतबार बस्दै छ। कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक तय गरिएको छ।
बैठकमा रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय हुने बताइएको छ। साथै, सम्भावित उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यक्रम पनि आजै हुने अनुमान गरिएको छ।
उपनिर्वाचनका लागि रास्वपाभित्र ९ जना आकांक्षी देखिएका छन्। तीमध्ये सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्रीको नाम अघि आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे