
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठकमा सहकारी ठगी मुद्दामा ललितपुर नक्खु कारागारमा रहेका सभापति रवि लामिछानेविरुद्धको मुद्दा लगायत १० वटा एजेन्डामा छलफल हुनेछ।
बैठकका मुख्य एजेन्डा अनुसार समसामयिक राजनीति, संवाद–सहकार्यका पहल, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, प्रतिवेदन परिमार्जन, वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदलको संयोजक मनोनयन, मिडिया तथा राजनीति अध्ययन कार्यदलको नियमित अध्ययन र ब्रिफिङ, उम्मेदवार छनोट सिफारिस समिति विस्तारबारे निर्णय समावेश छन्।
बैठकले पार्टीको रणनीति र कानुनी अवस्थाबारे छलफल गर्दै आवश्यक निर्देशन दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे