
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी तीव्र पारेको छ। पार्टी सचिवालयको बैठकले समानुपातिकतर्फ उम्मेदवारी आह्वान गर्ने निर्णय गर्दै कात्तिक २२ गतेभित्र आवेदन खुला गर्ने जनाएको छ। रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार चयनका लागि आवश्यक दस्तावेज र प्रक्रिया तयार पारिनेछ।
त्यसैगरी, मतदाता नामावली दर्ता सहज बनाउन रास्वपाले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। कात्तिक ११ देखि २५ सम्म पार्टीका वडा, पालिका, क्षेत्र र जिल्ला तहका संरचनामार्फत नवयुवा र आम नागरिकलाई दर्तामा सहयोग पुर्याइनेछ।
यसबाहेक, जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न पार्टीले कात्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रममा नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक र युवा प्रतिनिधिहरूबीच सहकार्य र राजनीतिक विकल्पबारे खुला छलफल हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे