
काठामाण्डौ १० श्रावण।राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने,’हामीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्छौं तर उहाँको राजीनामा माग्दैनौँ । हामी गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न दिने पक्षमा छैनौँ।’
त्यस्तै, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गृहमन्त्रीको जवाफ मात्र माग गर्ने र राजीनामा माग गर्ने एमालेको तयारीलाई नसघाउने जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा राप्रपाले गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो ।
गएको साउन ३ गते विमानस्थल पार गरेको करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे