
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई तुरुन्त र बिना शर्त रिहा गर्न माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सोमबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै निवासबाटै पक्राउ परेका प्रसाइँलाई तत्काल रिहा गर्नुपर्ने बताएका हुन्।
श्रेष्ठले भनेका छन्, “राति दुर्गा प्रसाईंलाई फेरि पक्राउ गर्नुले सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र देखाएको छ। सरकार देशलाई झगडा र मुठभेडतर्फ धकेल्ने खेल गर्दैछ। कुनै ठोस कारणबिना एउटै व्यक्तिमाथि पटक–पटक पक्राउ गर्नु सरकारको तानाशाही स्वभावको प्रमाण हो।”
उनले सरकारको यस्तो कदम लोकतन्त्र विरोधी र न्यायसंगत नभएको दाबी गर्दै प्रेस र जनताको चुप्पी अनावश्यक भएको पनि बताए। राप्रपा यस घटनाको विरोध गर्दै कानुनी र संवैधानिक पहल गर्न तयार रहेको प्रवक्ताले स्पष्ट पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे