
काठमाडौँ , २६ कात्तिक | नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेललाई नियुक्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेबारी दिएपछि उनले यो पद सम्हालेका हुन् ।
सन्दिप लामिछाने निलम्बित भएपछि नयाँ कप्तानको रुपमा क्यानले रोहित पौडेललाई अघि सारेको हो ।शुक्रबार क्यानले उपकप्तान पौडेललाई कप्तानको जिम्मेवारी दिएको हो।
नेपालले यही कार्तिक २८ गतेदेखि मंसीर २ गतेसम्म युएईसँग एक दिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।रोहितको कप्तानीमा नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। घरेलु मैदानमा यूएईसँग उक्त सिरिज नोभेम्बर १४ बाट हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे