
काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ ९सार्वजनिक शेयर० बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले विहिबार बिहान शेयर बाँडफाँड गरेको जानकारी दिएको छ।
कम्पनीले माघ २८ देखि फागुन ४ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो। यसमा २७ लाख २३ हजार ९ सय १४ जनाले आवेदन दिएका थिए भने २५ लाख ३७ हजार ३ सय १ जनाको आवेदन स्वीकृत भएको थियो। माग भन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो। नतिजा स्वरूप १ लाख १८ हजार २६ जनाले १०–१० कित्ता शेयर पाएका छन्।
कम्पनीले कुल १ अर्ब १८ करोड ५० लाख रूपैयाँको जारी पुँजीको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजनाभित्रका स्थानीय बासिन्दाका लागि र १ लाख ४२ हजार २०० कित्ता शेयर विदेशमा काम गर्ने नेपालीहरूका लागि छुट्टाइएको थियो।
आईपीओको नतिजा सीडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेबसाइटबाट हेर्न सकिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे