
काठमाडौँ |उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि सबै प्रकारका तयारी मदिरा र चुरोट तथा सूर्तिजन्य वस्तु आयातमा प्रतिवन्ध लागेको छ। मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता दिएको छ ।आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको हो ।
आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ का अनुसारको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै तयारी मदिरा र चुरोट आयातामा प्रवितन्ध लगाएको हो । १५० सीसीमाथिको मोटरसाइकल तथा स्कुटर, गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको छ ।।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे