
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिएका थिए। गभर्नर सिफारिस समितिको बैठक हुनुअघि नै उनले उक्त निर्णय गरेका थिए।
नेपाल राष्ट्र बैंकले भट्टको राजीनामाको पुष्टि गरेको थियो। गभर्नर पदका लागि सशक्त उम्मेदवार मानिएका भट्टको नाम नेपाली कांग्रेसको कोटाबाट सिफारिस हुने सम्भावना उच्च रहेको चर्चा भएको थियो।
सूचना स्रोतहरूले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समिति शुक्रबार बैठकमा बस्ने तयारीमा रहेको थियो। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिलाई तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ। समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदले एक जनालाई गभर्नर पदमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउने बताइएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे