
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। निर्वाचन अधिकृतले कानुनविपरीत आफ्नो उम्मेदवारी रद्द गरेको उनको दाबी छ। त्यसैले उनले कैलाली क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गरेका छन्।
चौधरीले अदालतसमक्ष आफ्नो उम्मेदवारी कायम राखी निर्वाचनमा भाग लिन पाउनुपर्ने माग पनि गरेका छन्। यस विषयमा सर्वोच्च अदालतले आइतबारका लागि सुनुवाइको मिति तोकेको छ।
यसअघि बिहीबार निर्वाचन अधिकृतको कार्यालयले आवश्यक प्रक्रिया नपुगेको भन्दै रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको थियो। अब अदालतको फैसला पछि मात्रै उनी चुनावी मैदानमा रहन्छन् वा रहँदैनन् भन्ने टुंगो लाग्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे