
चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको दाबी का साथै विकासको सुरुवात भएको बताएकी छन् । दाहालले पछिल्लो ५ बर्षमा आफु नेतृत्वको टिमले कास्टिङ मा देखाएको टिप्पणी गरेकी छन्। नेतृ दाहालले सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक बत्तीका क्षेत्रमा राम्रो काम भएको बताएकी छन् । उनले भनिन् – पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्याएका छौं ।०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरुका अगाडि शीर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी छन्।
उनले भरतपुरलाई आगामी दिनमा पर्यटकीय गन्तव्य बनाउन, रोजगारीको सिर्जना गर्न काम गर्ने बताइन्। उनले भूमिहीनहरूलाई जग्गा प्रदान गर्ने पनि बताइन् देशकै हेर्न लायक र गर्व गर्न लायक महानगर बनाउन अन्तर्राष्ट्रिय मापदण्डको सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण भइरहेको छ साथै उनले भनिन्र ।
उनले भनिन्, ‘पूर्वाधारको क्षेत्रमा कास्टिङ भइसकेको छ, अब फिल्म देखाउन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे