
काठमाडौँ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्न आज जेठ २५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले भोलि जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरू मात्र चालु आर्थिक वर्षको लाभांश प्राप्त गर्न र आउँदो वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्नो वार्षिक साधारणसभा आगामी असार २ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे आयोजना गर्ने जनाएको छ।
उक्त सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित १२.६३ प्रतिशत लाभांश (हाल कायम चुक्तापुँजीको आधारमा) पारित गर्ने एजेन्डा रहेको छ।
कम्पनीको साधारणसभा र लाभांश प्रयोजनार्थ आज कारोबार गरि शेयरधनी दर्ता गराइसकेका लगानीकर्ताले मात्र लाभांशमा दाबी गर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे