
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई लगाइएका फौजदारी अभियोगका कारण १३ दिन नियन्त्रणमा राखिएको भए पनि पर्याप्त कानुनी आधार नपुगेको कारण रिहा भएको बताएका छन्। उनले बताएअनुसार सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा मुद्दा लगाएको भए पनि प्रमाण नपुग्दा उनलाई मुक्त गर्नुपरेको हो।
ओलीले आफ्नो रिहाइमा न्यायका लागि आवाज उठाउने सम्पूर्ण कानुनी र राजनीतिक समुदायप्रति आभार व्यक्त गरे। उनले न्यायप्रेमी दिदीबहिनी, दाजुभाइ, वकिल, न्यायकर्मी, विभिन्न दलका नेताहरू र सञ्चारकर्मीहरूलाई धन्यवाद दिएका छन्। साथै सर्वोच्च अदालतले परमादेश जारी गरी रिहाइ सुनाउँदा उनी प्रति उच्च सम्मान व्यक्त गरेका छन्।
ओलीले प्रहरी नियन्त्रणमा रहँदा मानविय व्यवहार र त्रिवि शिक्षण अस्पतालले दिएको स्वास्थ्य उपचारको कृतज्ञता व्यक्त गरे। उनले घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी दिएका छन्।
अत्यावश्यक स्वास्थ्य अवस्था कारण केही दिन अस्पतालमै बसेको र आफ्नो उपचारमा सहयोग गर्ने सबै नेता, कार्यकर्ता र शुभचिन्तकप्रति पनि उनी आभारी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे