
काठमाडौं, १३ माघ। रविकेश रविनेश रेड्डीले वेस्टर्न सिड्नी कलेज मास्टर शेफको उपाधि जितेका छन् ।
वेस्टर्न सिड्नी कलेजले आयोजना गरेको खाना प्रतियोगितामा दावा छिरिङ शेर्पा फस्ट रनरअप भए भने विशाल बसिस्ट सोनी सेकेन्ड रनरअप भएका छन।
विजेताले नगद एक लाख रुपैयाँ बराबरको किचन किट र प्रमाणपत्र प्राप्त गरे भने दोस्रो र तेस्रो हुनेले क्रमशः ५१ हजार र ३१ हजार रुपैयाँ बराबरको नगद सहित आकर्षक पुरस्कार हात पारेका छन्।
इभेन्ट फ्यासिलिटेटर श्री सञ्जु महर्जनले अष्ट्रेलियाका कलेजहरूमा यस किसिमको पहिलो कार्यक्रम भएको जानकारी दिँदै यसले सहभागीहरुको भविष्यमा करियर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे