
काठमाडौँ, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेर फर्किएका छन्।
स्रोतका अनुसार मंगलबार प्रधानमन्त्रि भेट्न बालुवाटार पुगेका लामिछाने रास्वपालाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै रिसाउँदै बालुवाटारबाट बाहिरिएका हु्न्।
भेटवार्तामा रास्वपालाई प्रधानमन्त्रिले गृह मन्त्रालयको सट्टा अर्को मन्त्रालय लिन भनेपनि रवि लामिछानेले भने गृहमै अडान राखेका छन् ।
नागरिकता विवादमा रवि लामिछानेलाई सर्वोच्च अदालतले दोषि ठहर गर्दै उनको सांसद पद खारेज गरीदिएको थियो । उनको सांसद पदसँगै गृह मन्त्रि र पार्टीको सभापति पद पनि गुमेका थियो ।
अहिले गृहमन्त्रालय प्रधानमन्त्रि प्रचण्डले आफुसँगै राखेका छन् ।
यता, नेकपा एमालेले भने गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्नै बताएका छन् भने माओवादीका नेताहरुले भने गृह रास्वपालाई नदिन प्रचण्डलाई सुझाव दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे