
काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज तुलसीपुर उच्च अदालत बुटवलमा हुँदैछ ।
यो मुद्दा न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा चल्ने भएको हो । रवि लामिछानेले बिगोअनुसार रकम बुझाएर जेलबाहिर रहँदै मुद्दा लड्न पाउने अनुमति मागेका थिए । सो सम्बन्धमा अदालतले रवि र छविलाल दुवैको मुद्दा फाइल एकैसाथ पेस गर्न आदेश दिएको हो ।
यसअघि पनि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले यी दुवै व्यक्तिको मुद्दा समान प्रकृतिको भएकाले एउटै इजलासमा राख्न आदेश दिएको थियो । अब अदालतले उनीहरूलाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे