
काठमाडौं, १९ भदौ — राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले बिशेष शैक्षिक कर्जा सुविधा अन्तर्गत नयाँ शैक्षिक कर्जा योजना “स्टडि अब्रोड ? पढाईको लागि पैसा नो टेन्सन” सार्वजनिक गरेको छ। यो योजना विशेष गरी विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूको लागि विकसित गरिएको हो।
यस योजनाअनुसार, ग्राहकहरूले ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ऋण प्राप्त गर्न सक्नेछन्। ऋणको पहिलो किस्तालाई सीधै शिक्षण संस्थामा पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ, जसले गर्दा विद्यार्थीलाई शुल्कको व्यवस्थापनमा थप सजिलो हुनेछ।
योजना विशेषताहरू:
ऋण राशि: ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ऋण उपलब्ध।
किस्ता व्यवस्था: पहिलो किस्ता सीधै शिक्षण संस्थामा पठाउन सकिने सुविधा।
उपयोग:शिक्षा खर्च र शुल्कको ८० प्रतिशत उपलब्ध गराइनेछ।
आरबीबीको नयाँ योजना विद्यार्थीहरूको वित्तीय तनावलाई कम गर्न र विदेशमा अध्ययन गर्नको लागि आवश्यक आर्थिक सहयोग प्रदान गर्न लक्षित गरिएको छ। यस योजनाले उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई ठूलो राहत पुर्याउने विश्वास गरिएको छ।
बैंकले यस योजनाबाट विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन र शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई थप प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ। “स्टडि अब्रोड पढाईको लागि पैसा नो टेन्सन” योजना मार्फत, आरबीबीले शैक्षिक कर्जाको क्षेत्रमा नयाँ मानक स्थापित गर्ने प्रयास गरेको छ।
बैकले विस्तृत जानकारीको लागि नजिकको शाखा कार्यलयमा सम्पर्क राख्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे