
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत अधिकतम पाँच करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार उक्त कर्जाको अवधि अधिकतम दस वर्षसम्म तोकिएको छ। कृषि क्षेत्रमा वित्तीय पहुँच वृद्धि गर्न तथा व्यवसायिक कृषि गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना अघि सारिएको बैंकले जनाएको छ।
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा विस्तार गर्दै कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएको छ। ‘प्रदेश विशेष कृषि कर्जा’ योजना समेत त्यसैको एक हिस्सा रहेको बैंकले स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे