
काठमाडौं , २५ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । उहाँ पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट जानुभएको थियो ।
सल्यान जिल्लाको शारदा नगपालिका वडा नं. ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो ।
नेता राय सल्यानमा बौद्धिक, प्रभावशाली र प्रतिष्ठित नेताका रूपमा चिनिनुहुन्छ । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थिति रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे