
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्ने गरि सचिवालय बैठक बोलाएको छ । कार्यबहाक प्रवक्ता प्रतिभा रावलका अनुसार बैठक सोमबार बिहान साढे ११ बजे बस्नेछ । कार्यवहाक प्रवक्ता रावलले विभिन्न सात विषय छलफल गर्न सोमबार सचिवालय बैठक बोलाएको जानकारी दिइन् ।
उनका अनुसार समसामयिक राजनीति र पार्टी गतिविधि, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम ९पदाधिकारीको नेतृत्वमा०, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषय छलफल हुनेछन् ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बयान आज पनि रहेकाले लामिछाने बैठकमा उपस्थित हुने नहुने भनेबारे अझै टुंगो लागिसकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे