
काठमाडौं , १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । शुक्रबार संसद सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सन्देशहरू खोज्दा रास्वपाका सांसदहरूले उभिएर संसद अवरोध गरेका हुन्।
रास्वपाका सांसदले सभापति रवि लामिछानेको सांसद पद निलम्बनका विषयमा बोल्न सुरुमै आकस्मिक समय मागेका थिए। सभामुख घिमिरेले दलीय आधारमा बोल्न समय दिइएको भन्दै पहिलो बैठकमा आकस्मिक समय नमिल्ने कुरा सुनाएका थिए। रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई दोस्रो दर्जाका सांसद ठानिएको बताए ।
रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई दोस्रो दर्जाका सांसद ठानिएको बताए । उनले भने, हामीलाई दोस्रो दर्जाका सांसदहरू ठानियो । हामी यो बैठक १५ मिनेटको लागि बहिष्कार गर्छौं । रास्वपा सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका छन् । यसक्रममा झन्डै आधा घन्टा बैठक अवरुद्ध भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे