
काठमाडौं , १८ माघ। पोखरामा यही माघ २२ देखि फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । २४ औं संस्करणको प्रतियोगिताको टाइसिट बिहीबार सार्वजनिक गरिएको हो । प्रतियोगितामा भारत, बेलायत, उज्जेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लब गरी १२ टिमले भाग लिँदैछन् । फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा दोस्रो सेमिफाइनल हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए । प्रतियोगिताको समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब र बेलायतको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये युके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्नेछन् ।
प्रतियोगिताको समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रिस्टार र उज्जेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थ्रिस्टार र उजेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगितामा विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार नगद पाउने छन् । प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने अनुमान गरिएको छ ।आहा रारा पोखरा गोल्डकप हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे