
काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत ९कामु सीईओ० नियुक्त गरेको छ । हालका सीईओ सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ ।
मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कँडेल २०७८ मंसिरमा सीईओ बनेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे