
काठमाडौँ, १८ बैशाख । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् ।
३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसीले आइतबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा अर्याललाई बढुवा गरिएको हो ।
अर्याल केही दिन अघि मात्र एआईजीमा बढुवा भएका थिए । उनी आईजीपीका लागि एक्ला दाबेदार थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे