
काठमाडौँ , ५ असोज । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ लाई लिएर कलाकर्मीहरू नै दुई भागमा बाँडिएका छन् ।
नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि नेपाल चलचित्र निर्माता संघ त्यसको विपक्षमा छ ।यसै विवादमा कलाकर्मीहरूले आ–आफ्नो धारणा राखिरहेको छन् ।
यसैबीच गायक राजेशपायल राई हिन्दी ‘प्रेमगीत ३’ को समर्थन जनाएर आजलबुधबार आफनो फेसबुकमा एक स्टाटस लेख्दै आफू हिन्दी ‘प्रेमगीत ३’ को समर्थनमा रहेको जनाएका छन् ।उनले फेसबुकमा लेखेका छन्, ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?’
अभिनेता तथा निर्माता दीपकराज गिरीले ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई हिन्दी भाषाकोमा नियम अनुसार कर तिर्न आग्रह गरका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे