
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बैंकिङ अनियमितता आरोपमा पक्राउ गरेको छ। बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ परेका शाक्यमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याउनेगरी गैरकानुनी वित्तीय गतिविधि सञ्चालन गरेको आशंकामा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
गुण समूहले रियल स्टेट, हाउजिङ, मनोरञ्जन व्यावसाय, मोटर पार्ट्सलगायत धेरै क्षेत्रमा लगानी गर्दै आएको छ। ती क्षेत्रमा उत्पन्न विवाद तथा वित्तीय लेनदेनसँग सम्बन्धित गम्भीर अनियमितता उजागर भएपछि शाक्यविरुद्धको अनुसन्धान तीव्र बनाइएको प्रहरी अधिकारीहरूले बताएका छन्।
सीआईबीका अनुसार प्रारम्भिक प्राप्त प्रमाणले शाक्य बैंकिङ कसुर ऐनअन्तर्गत पर्ने कृत्यमा संलग्न रहेको देखिन्छ। यही आधारमा सीआईबीले म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको छ। गुण समूहका पूर्व गतिविधिहरूले यतिबेलासम्म पनि विभिन्न विवाद र प्रश्नहरू निम्त्याउँदै आएका छन्, जसले हालको कारबाहीमा कानुनी दायरासम्म पुग्ने सम्भावना बढाएको प्रहरीको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे