चितवन । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो ।
भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए ।
हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी दिए । एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे