
काठमाडौँ। विद्युतीय भुक्तानी प्रणाली प्रयोग बढ्दै गएसँगै क्यूआर कोडमार्फत हुने ठगीका घटनामा पनि वृद्धि भएको छ। यसलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जनाएको छ, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्नु जोखिमपूर्ण रहेको छ। पुरानो रसिद वा नक्कली स्क्रिनसट देखाएर ठगी गर्न सकिने भएकाले मोबाइल बैंकिङ एप, एसएमएस वा बैंकबाट प्राप्त नोटिफिकेशनमार्फत खातामा रकम जम्मा भएको पुष्टि नगरी कारोबार गर्नु जोखिमपूर्ण ठहरिएको छ।
केन्द्रीय बैंकले स्पष्ट पारेको छ कि भुक्तानी प्राप्त भएको सुनिश्चित नगरी कारोबार गर्दा ठूलो आर्थिक नोक्सानी हुने सम्भावना छ। यसका लागि सबै विक्रेता तथा सेवा प्रदायकलाई उच्च सतर्कता अपनाएर सुरक्षित भुक्तानी प्रक्रिया अवलम्बन गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे