
काठमाडौं, २०८१ असोज १ – आजदेखि मनकामना केबल कारमा भारतीय तीर्थयात्रीहरूले QR भुक्तानी मार्फत गर्न सक्ने सुविधा प्रदान गरिएको छ। यो नयाँ सुविधा अन्तर्गत यात्रुहरूले अब BHIM UPI, PhonePe, र Google Pay मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्, जसले मन्दिरको यात्रा सजिलो र तनावमुक्त बनाएको छ।
महालक्ष्मी विकास बैंकले (MLBL) यस नयाँ भुक्तानी प्रणालीको कार्यान्वयनसँगै यात्रुहरूको भुक्तानी प्रक्रिया सहज र तुरुन्त बनाउनका लागि प्रयास गरेको जनाएको छ। यस सुविधाको प्रयोगले यात्रुहरूले डिजिटल भुक्तानीको लाभ प्राप्त गर्दै, पारंपरिक नगद भुक्तानी विधिहरूसँगको समस्यालाई समाप्त गर्न सक्नेछन्।
बैंकका अनुसार, QR कोड स्क्यान गरेर भुक्तानी गर्ने प्रक्रिया सुरु भएको छ, जसले यात्रुहरूको समय बचत र द्रुत लेनदेनको अनुभव सुनिश्चित गरेको छ।
“हामीले भारतीय तीर्थयात्रीहरूको सुविधा र अनुभवलाई सुधार्नका लागि यो भुक्तानी प्रणाली शुरु गरेका छौ। यस पहलले डिजिटल बैंकिङको प्रवृत्ति बढाउँदै यात्रुहरूको सहजता सुनिश्चित गरेको छ,” महालक्ष्मी विकास बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे