
काठमाडौं – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच ५० मिनेट लामो टेलिफोन वार्ता भएको छ । क्रेमलिनका अनुसार, यो वार्ता ठोस, इमान्दार र उपयोगी भएको रूसी राष्ट्रपति पुटिनका सहयोगी युरी उशाकोभले बताएका छन् ।
वार्ता मुख्य रूपमा मध्यपूर्वमा बिग्रँदो अवस्थामाथि केन्द्रित थियो । पुटिनले इरान र इजरायलबीचको पछिल्लो तनावबारे ट्रम्पलाई जानकारी गराउँदै इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्व विस्तारको सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले मध्यपूर्वमा शान्ति कायम राख्न र सम्भावित मध्यस्थताको लागि रूस तयार रहेको उल्लेख गरे ।
ट्रम्पले पनि उक्त अवस्थालाई चिन्ताजनक मान्दै इरानको आणविक कार्यक्रमसम्बन्धी वार्तामा फर्कने सम्भावनालाई अस्वीकार नगरेका थिए । उनले अमेरिकी वार्ताकारहरू इरानी पक्षसँग संवाद पुनः सुरु गर्न तयार रहेको जनाए ।
पुटिनले जुन २ मा इस्तानबुलमा सम्पन्न रूसी–युक्रेनी प्रतिनिधिमण्डलबीचको सहमतिका कार्यान्वयन र युक्रेनसँग वार्ता जारी राख्ने तयारीबारे ट्रम्पलाई जानकारी गराएका थिए । ट्रम्पले उक्त जानकारीलाई ध्यानमा राख्दै द्वन्द्वलाई शीघ्र निष्कर्षमा पुर्याउने इच्छाको पुनः पुष्टि गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे