
एजेन्सी । रूस–युक्रेन सम्बन्धमा द्विपक्षीय संवादको संकेत देखिएको छ। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष रुपमा वार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ।
राष्ट्रिय टेलिभिजनमार्फत बोल्दै राष्ट्रपति पुटिनले शान्तिका लागि भएका प्रयासहरूलाई सदैव सकारात्मक रूपमा लिने गरेको उल्लेख गर्नुभयो र युक्रेनी नेतृत्वले पनि यस्तै सोच राख्नुपर्ने धारणा व्यक्त गरे।
जेलेन्स्कीले यसबारे औपचारिक प्रतिक्रिया नदिएपनि, उनले युक्रेनी नागरिकको सुरक्षा र हितका लागि संवादका ढोका सधैं खुला रहेको बताएका छन्। साथै, उनले मस्कोबाट स्पष्ट र ठोस जवाफको अपेक्षा राखेको पनि बताएका छन्।
सन् २०२२ को फेब्रुअरीमा रसियाले युक्रेनमाथि आक्रमण गरेयता दुई देशबीच प्रत्यक्ष वार्ता भएको छैन। तर, हालै युक्रेनले अमेरिका र युरोपेली मुलुकहरूसँग लण्डनमा कूटनीतिक छलफलको तयारी गरिरहेको छ। साथै, दुबै मुलुक अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तीव्र दबाबमा पनि परिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे