
एजेन्सी –रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग जारी द्वन्द्वका बीच तीन दिने युद्धविरामको घोषणा गरेका छन्। रुसी राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा ३ दिने युद्धविराम धार्मिक पर्व (पवित्र इस्टर) का अवसरमा घोषित गरिएको उल्लेख गरिएको छ। युद्धविराम शुक्रबारदेखि सुरु भई आइतबारसम्म कायम रहनेछ।
पुटिनले मानवीय पक्षलाई ध्यानमा राख्दै युद्धविरामको निर्णय गरिएको बताएका छन्। उनले दुबै पक्षलाई शान्ति र संवादको बाटो अपनाउन पनि आग्रह गरेका छन्। यद्यपि युक्रेनी पक्षले युद्धविरामलाई सावधानीपूर्वक मूल्यांकन गर्ने प्रतिक्रिया दिएको छ।
यस युद्धविरामले युक्रेनका नागरिकहरूलाई राहत दिने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले युद्धविरामको स्वागत गर्दै स्थायी शान्तिका लागि दुवै पक्षमा संवाद र संयमता आवश्यक रहेको उल्लेख गरेका छन्।
रुस-युक्रेन युद्ध दुई वर्षभन्दा बढी समयदेखि जारी छ र यसले हजारौंको ज्यान लिइसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे