
काठमाडौँ, कात्तिक २९ । नेपालमा कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गी ले अहिले सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्रको रेकर्ड कायम गरेको छ। चलचित्रका निर्माता विनोद पौडेलका अनुसार, १४ दिनमा चलचित्रले रु २७ करोडको व्यापार गरेको छ। उनले भने, “हाम्रो गाउँघरको मौलिक कथाले नेपाली र अन्तर्राष्ट्रिय दर्शकको मन जितेकोमा हामी आभारी छौं। यस चलचित्रले विदेशी चलचित्रसँग डराउने मानसिकता अन्त्य गरेको छ र नेपाली चलचित्रलाई प्रेम गर्ने प्रमाणित गरेको छ।”
यस चलचित्रले मङ्गलबार रु २५ करोड ३ लाख र बुधबार रु २ करोडको व्यापार गरेको छ। फिल्मको सफलता देखेर निर्माता पौडेलले मोफसल भ्रमण गर्ने निर्णय लिएका छन्। भ्रमणको पहिलो चरण गाईघाटबाट सुरु गर्दै, निर्माता पौडेल र कलाकार विजय बराल, अञ्जना बराइली सहितको टोली ग्रामीण क्षेत्रका चलचित्र भवनहरूमा पुगेर दर्शकलाई धन्यवाद दिनेछन्।
पूर्णबहादुरको सारङ्गी ले एकै दिनमा रु ३ करोड ८९ लाखको व्यापार गर्दै नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड बनाएको छ। यसअघि कबड्डी ४ः द फाइनल म्याच ले रु २३ करोड ५० लाखको व्यापार गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे