
काठमाडौं । शेरबहादुर देउव पक्षले आफ्ना नेता र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको भूमिका सम्हालेका पूर्णबहादुर खड्काले मंगलबारका लागि बैठक राखेका हुन्। नेतारामहरि खतिवडाका अनुसार सबैलाई फोन गरेर बोलाइएको छ र बैठक धुम्बाराहीको होटलमा बस्नेछ।
खड्काले छिट्टै प्रदेश र जिल्ला सभापतिहरूको पनि भेला गर्ने तयारी गरेका छन्। यसअघि उनले ठमेलमा केही शीर्ष नेतासँग छलफल गरेका थिए। उनले लेखक पक्राउ विषयमा कानुनी र राजनीतिक रूपमा सामना गर्ने बताएका छन् र नेता–कार्यकर्तालाई तयार रहन आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे